चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा चिलीका नवनिर्वाचित राष्ट्रपति ग्याब्रियल बोरिकलाई बधाई #चिनियाँराष्ट्राध्यक्ष
cri2021-12-22 18:54:56
डिसेम्बर २० तारिखमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले ग्याब्रियल बोरिकलाई चिली गणतन्त्रको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई सन्देश पठाउनुभयो।
सन्देशमा राष्ट्राध्यक्ष सीले चिली नयाँ चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो दक्षिण अमेरिकी राष्ट्र भएको र चीन-चिली सम्बन्ध लामो समयदेखि चीन र ल्याटिन अमेरिकी देशहरूबीचको सम्बन्धमा अग्रणी रहेको औंल्याउनुभयो।
सन्देशमा सी चिन फिङले चीन-चिली सम्बन्धको विकासलाई ठूलो महत्व दिने भन्दै चिलीका राष्ट्रपतिसँग सँगै प्रयास गर्दै चीन-चिलीको चौतर्फि रणनीतिक साझेदारी स्तरलाई निरन्तर सुधार गर्न, व्यावहारिक सहयोगलाई अझ प्रगाढ बनाउने इच्छा प्रकट गर्नुभएको छ।