नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्बारा फिलिपिन्समा आएको आँधीप्रति त्यहाँका राष्ट्रपति डुटेर्टेलाई शोक सन्देश

cri2021-12-21 19:45:54

डिसेम्बर २१ तारिखका दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले फिलिपिन्समा आएको आँधीको विषयलाई लिएर फिलिपिन्सका राष्ट्रपति डुटेर्टेलाई शोक सन्देश पठाउनुभयो।

सी चिनफिङले फिलिपिन्समा आँधीबाट ठूलो मानवीय र धनजनको क्षति भएको थाहा पाएपछि आफू अचम्मित भएको बताउनुभयो। सन्देशमा उहाँले चीन सरकार र चिनियाँ जनताको तर्फबाट र आफ्नै तर्फबाट पनि मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो। साथै उहाँले घाइतेहरु र मृतकहरुका परिवारजनमा हार्दिक समवेदना पनि व्यक्त गर्नुभयो। उहाँले चीनले फिलिपिन्सलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै विपद् प्रभावित क्षेत्रका बासिन्दाले विपद्लाई पार गरी घरआवास पुनःनिर्माण गर्न सक्ने विश्वास लिएको बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn