नेपाली

स्या मन विशेष आर्थिक क्षेत्रको निर्माणको ४०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्बारा बधाई सन्देश

cri2021-12-21 18:47:28

स्या मन विशेष आर्थिक क्षेत्र स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले बधाई पत्र पठाउँदै विशेष आर्थिक क्षेत्रका विशाल संख्याका निर्माणकर्ताहरूलाई न्यानो बधाई र हार्दिक अभिवादन गर्नुभएको छ।

बधाई पत्रमा सी चिन फिङले विगत ४० वर्षमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बलियो नेतृत्वमा स्या मन विशेष आर्थिक क्षेत्रले अग्रगामी नवप्रवर्तन गरेको, विभिन्न क्षेत्रहरूमा ऐतिहासिक फड्को मारेको, सुधार र खुलापन तथा समाजवादी आधुनिकीकरण निर्माणमा महत्वपूर्ण योगदान दिएको औंल्याउनुभयो। मातृभूमिको पुनर्मिलन प्रवर्द्धन गर्ने महान कार्यमा स्या मन विशेष आर्थिक क्षेत्रले विशेष भूमिका खेलेको पनि बधाई पत्रमा उल्लेख गरिएको छ।

स्या मन विशेष आर्थिक क्षेत्रको निर्माणको ४०औँ वार्षिकोत्सव २१ तारिख फु च्येन प्रान्तको स्या मनमा आयोजित भएको थियो। बैठकमा सी चिन फिङको बधाई पत्र पढेर सुनाइएको थियो। चिनियाँ उप राष्ट्राध्यक्ष वाङ छि सानले बैठकमा भाग लिएर सम्बोधन दिनुभयो।

Close
Messenger Pinterest LinkedIn