नेपाली

आर्थिक कार्य सम्मेलनमा सी चिनफिङको महत्वपूर्ण सम्बोधन

cri2021-12-10 20:17:32

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको आर्थिक कार्य सम्मेलन डिसेम्बर ८-१० तारिखसम्म पैचिङमा आयोजित भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सो सम्मेलनमा महत्वपूर्ण सम्बोधन गर्दै सन् २०२१को आर्थिक कार्यको निचोड, वर्तमान आर्थिक परिस्थितिको विश्लेषण एवम् २०२२मा आर्थिक कार्यको बन्दोबस्ती गर्नुभएको छ।

चालू वर्ष चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनको इतिहासमा कोसेढुंगाको रूपमा मानिने वर्ष हो र उपलब्धिहरू हासिल गर्दा चीनको आर्थिक विकासमा माग कटौती, आपूर्तिमा कठिनाइ र आर्थिक वृद्धि कम हुने भविष्यवाणी भएको भन्ने ३ वटा दबावलाई राम्रोसँग विचार गर्नुपर्ने ठहर सो सम्मेलनमा गरिएको छ। अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तन भएतापनि चीनले उच्च गुणस्तरीय विकासलाई अघि बढाउने भन्ने आफ्नो कामलाई दृढताका साथ राम्रोसँग गर्नुपर्नेमा पनि सम्मेलनमा व्यक्त गरिएको छ।

आउने वर्षको आर्थिक कार्यलाई स्थिर पार्दै अघि बढ्नुपर्ने आग्रह पनि सो सम्मेलनमा गरिएको छ। यस सम्बन्धमा जोड दिनुपर्ने ७ वटा कार्य यस प्रकार छनः

एक, समष्टिगत नीति स्थिर प्रभावकारी हुनुपर्छ।

दुई, माइक्रो नीतिबाट बजारका मुख्य पक्षको जीवन्त शक्तिलाई उत्तेजित पार्नुपर्छ।

तीन, बनौटमूलक नीतिबाट गार्हस्थ्य आर्थिक चक्रको सुचारू परिचालनको प्रत्याभूति दिइनुपर्छ।

चार, वैज्ञानिक नीतिको कार्यान्वयनमा ध्यान दिनुपर्छ।

पाँच, सुधार तथा खुलापनको नीतिबाट विकासको जीवन्त शक्ति उक्साउनुपर्छ।

छ, क्षेत्रीय नीतिबाट विकासको सन्तुलन तथा समन्वयलाई बढाइनुपर्छ।

सात, सामाजिक नीतिबाट जनजीवनको सबभन्दा तल्लो लाइनलाई प्रत्याभूति दिनुपर्छ।

Close
Messenger Pinterest LinkedIn