नेपाली

दौत्य सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवका लागि सी चिनफिङ र आइसल्याण्डका राष्ट्रपतिबीच सन्देश आदानप्रदान

cri2021-12-08 18:55:04

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र आइसल्याण्डका राष्ट्रपति जोहानेसनले आपसमा सन्देश पठाएर दौत्य सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव मनाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीन र आइसल्याण्डको दौत्य सम्बन्ध स्थापना देखि ५० वर्षमा दुइ देशले विभिन्न क्षेत्रको सहयोगमा सकारात्मक उपलब्धि हासिल गरेर जनतामाझ फाइदा ल्याएका छन्। उहाँले दुइ देशको सम्बन्धको विकासमाथि उच्च महत्व दिँदै राष्ट्रपति जोहानेसनसँगै आपसी सम्मान, हितकर तथा विजय आधारित सम्बन्धको नयाँ प्रगति हासिल गर्न प्रयास गर्ने इच्छा राख्नुभएको छ।

दुइ पक्षले वार्तालाई कायम राखेर समृद्ध, सुखमय तथा सुरक्षित भविष्यको निर्माण गर्ने आशा राष्ट्रपति जोहानेसनले व्यक्त गर्नुभएको छ।

सोही दिन चीनका प्रधानमन्त्री ली खछ्याङ र आइसल्याण्डका प्रधानमन्त्रीले पनि आपसमा सन्देश पठाउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn