सी चिनफिङद्वारा राष्ट्रिय धार्मिक कार्य सम्मेलनलाई सम्बोधन
cri2021-12-04 19:07:17
राष्ट्रिय धार्मिक कार्य सम्मेलन डिसेम्बर ३ र ४ तारिख पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्मेलनमा उपस्थित भएर सम्बोधन गर्नुभएको छ।
उहाँले नयाँ युगमा पार्टीको धार्मिक कार्य धारणा, धार्मिक कार्यको आधारभूत निर्देशन, धार्मिक विश्वास स्वतन्त्र नीतिको पूर्ण पालना गरी धर्मको चिनियाँकरण दिशामा अडिग रहेर धर्म र समाजवादसँग अनुकूल हुन सक्रिय रूपमा निर्देशन दिनुभएको छ। धार्मिक वर्गको स्वयं व्यवस्थापन स्तरलाई बढाएर धार्मिक कार्य व्यवस्थापनको वैधानिकीकरण स्तरलाई उकासी धार्मिक कार्यको नयाँ अवसर सिर्जना गर्न प्रयास गर्नुपर्ने कुरामा पनि सीले जोड दिनुभयो।