चिनियाँ जनताको वैदेशिक रेडियो कार्य स्थापना भएको ८०औँ वार्षिकोत्सवमा सी चिनफिङको बधाइ सन्देश
cri2021-12-03 19:00:53
चिनियाँ जनताको वैदेशिक रेडियो कार्य स्थापना भएको ८०औँ वार्षिकोत्सवका सुअवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुपलाई बधाइ सन्देश पठाएर सीएमजीका समस्त कमरेडलाई हार्दिक बधाइ ज्ञापन गर्नुका साथै चिनियाँ जनताको वैदेशिक रेडियो कार्यलाई समर्थन गरेका अन्तर्राष्ट्रिय मित्रहरुलाई हार्दिक अभिवादन व्यक्त गर्नुभएको छ।
सी चिनफिङले ८० वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा वैदेशिक रेडियो कार्यले पार्टीको विचार र चीनको विकासलाई प्रसार गरेको उल्लेख गर्नुभयो। सीले सीएमजीले नवी सिर्जना गरी अन्तर्राष्ट्रिय सञ्चार क्षमतालाई बढाएर अन्तर्राष्ट्रिय ए श्रेण नयाँ ढाँचाको प्रमुख प्रवाह मिडियाको रचना गर्नसक्ने दोहोर्याउनुभयो।