चीन बुझाइ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सीको सम्बोधन
डिसेम्बर २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा भिडियोमार्फत चीन बुझाइ अन्तर्राष्ट्रिय सम्मेलन २०२१ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ।
सी चिनफिङले आजको चीन बुझ्न चिनियाँ कम्युनिष्ट पार्टी बुझ्नुपर्ने कुरा आफूले भनिसकेको भन्दै एक सय वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतासँग एकताबद्ध भएर प्रयास गरी चिनियाँ जनताको भविष्य र भाग्यलाई मूलतः परिवर्तन गर्नुका साथै विश्व इतिहासको प्रकृयालाई गहिरो रूपमा प्रभाव पारेको उल्लेख गर्नुभयो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टी जनतालाई प्राथमिकतामा राख्ने, जनतालाई पूर्ण हृदयले सेवा गर्ने मौलिक उद्देश्यमा अडिग रहेर जनताको समस्त विकास र साझा समृद्धिलाई बढाइ सुखद जीवनबारे चिनियाँ जनताको अपेक्षालाई पूरा गर्ने व्यक्त गर्नुभयो। सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी शान्तिपूर्ण विकास बाटो, वैदेशिक खुलापनमा अडिग रहेर मानव जातिको भाग्य समुदायको रचनालाई बढाउने भन्दै विश्व शान्तिको निर्माता, विश्व विकासको योगदानकर्ता, अन्तर्राष्ट्रिय व्यवसायको संरक्षक भइरहेर मानवजाति सभ्यताको प्रगति र विश्व शान्तिको विकासलाई अरू योगदान गर्ने प्रकट गर्नुभयो।