संयुक्त रुसी पार्टीको २० औँ वाषिकोत्सवका अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङको बधाई सन्देश
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनफिङले रुसको संयुक्त रुसी पार्टी स्थापना भएको २० औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश पठाउनुभएको छ। उहाँका अनुसार रुसको महत्वपूर्ण राजनीतिक शक्तिको रुपमा संयुक्त रुसी पार्टीले रुसी जनतालाई नेतृत्व गर्दै राष्ट्रपति पुटिनको रणनीतिलाई व्यवहारमा उतार्दै गएको छ। स्वदेशी राजीतिक स्थिरता,आर्थिक विकास,नागरिक जीवनको सुधार,अन्तर्राष्ट्रिय स्थानका लागि प्रयास गरिरहेको संयुक्त रुसी पार्टीले रुसी समाजको व्यापक समर्थन पाएको छ।
यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टी र संयुक्त रुसी पार्टीबीचको सम्बन्ध स्थापना भएको २० औँ वाषिकोत्सव हो। बीस वर्षयता दुबै पार्टीले दुई नेतागणबीचको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्नुका साथै चीन रुसबीचको राजनीतिक तथा रणनीतिक विश्वासलाई मजबुत बनाउनका लागि विशेष भूमिका सिर्जना गरेको देखिन्छ। दुबै पार्टीले आदानप्रदान तथा सहयोगलाई प्रवर्द्धन गर्दै नयाँ युगको चीन रुस सम्बन्धका लागि शक्ति सिर्जना गर्ने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।