नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा “प्यालेष्टाइन जनताप्रति समर्थित अन्तर्राष्ट्रिय दिवस” सम्मेलनका लागि सन्देश

cri2021-11-30 16:08:57

संयुक्त राष्ट्र संघले २९ तारिख “प्यालेष्टाइन जनताप्रति समर्थित अन्तर्राष्ट्रिय दिवस” सम्मेलनको आयोजना गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनलाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, प्यालेष्टाइन मामिला मध्य-पूर्व क्षेत्रीय मामिलाको केन्द्र हो। प्यालेष्टाइन मामिलाको चौतर्फी, निष्पक्ष तथा दीर्घकालीन समाधान, प्यालेष्टाइन र इजरेलको शान्तिपूर्ण सहअस्तित्व, अरब र यहूदीको साझा विकास तथा क्षेत्रीय स्थिरताको लक्ष्यसँग विभिन्न देश तथा जनताको साझा अपेक्षा रहेको छ। प्यालेष्टाइन मामिलाको समाधान गर्न उचित सिद्धान्त तथा दिशाको पालना गर्नुपर्छ। अन्तर्राष्ट्रिय जगतले वस्तुनिष्ठ र निष्पक्ष रूपमा सहिष्णुता र समझदारीको प्रस्ताव गरी म्याड्रिड शान्ति सम्मेलनको ३०औँ वार्षिकोत्सवमार्फत् दुई पक्षबीचको “दुई देश योजना” आधारित समान वार्ता पुनःशुरू गर्न सहयोग गर्नुपर्छ। त्यसका साथै कोभिड-१९ महामारीको प्रतिरोधमा प्यालेष्टाइन जनतालाई निरन्तर रूपमा सहयोग दिएर प्यालेष्टाइनको अर्थतन्त्र तथा जनजीवन र मानवीय अवस्थाको सुधार गर्नुपर्छ।

चीनले प्यालेष्टाइन मामिलामाथि उच्च महत्व दिँदै राष्ट्रिय वैधानिक अधिकार तथा हित पुनःप्राप्त गर्ने उचित कार्यलाई सुदृढताका साथ समर्थन गर्ने राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn