नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति जोसेफ बाइडेन बीच भिडियो वार्ता

cri2021-11-16 10:27:05

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १६ तारिख बिहान अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनसँग भिडियो वार्ता गर्नुभएको छ।

वार्ताको क्रममा राष्ट्राध्यक्ष सीले हाल चीन अमेरिका दुई देशको विकास महत्वपूर्ण चरणमा रहेको भन्दै मानवजातिको पृथ्वी गाउँ सामु अधिकांश चुनौती देखा परेको पनि औंल्याउनुभएको छ। विश्वका दुई अघिल्ला आर्थिक समुदाय र संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का स्थायी सदस्यको हैसियतमा चीन र अमेरिकाले आपसी आदान प्रदान र सहकार्यलाई सबल पार्नुका साथै सँगै मिलेर मानवजातिको शान्ति र विकासको महाकार्यलाई अघि बढाउँदै जाने पनि उहाँले औंल्याउनुभएको छ।

चीन र अमेरिका दुवैले एकले अर्काको सम्मान गर्नुका साथै शान्तिपूर्वक व्यवहार गरी सहकार्यमार्फत साझा जित हुने लक्ष्यलाई साकार तुल्याउनुपर्ने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn