नेपाली

सीद्वारा छैटौँ चीन-अप्रिका नागरिक मञ्चलाई बधाइ सन्देश

cri2021-11-15 18:47:08

नोभेम्बर १५ तारिखदेखि छैटौँ चीन-अप्रिका नागरिक मञ्च पैचिङमा सुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मञ्चलाई बधाइ सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार, वर्तमान विश्व ठूलो विकासको युग ठूलो परिवर्तनको युग हो। नयाँ मौका र चुनौतीका सामु चीन र अप्रिकाले पहिलेभन्दा अझै बढी रूपमा शान्ति, विकास, निष्पक्ष, न्याय, लोकतन्त्र तथा स्वतन्त्र प्राप्त गरेर पूरै मानवजातिको साझा मूल्यको पालना तथा प्रचार गर्नुपर्छ। एकता तथा सहयोगलाई सबल पारेर समृद्धि तथा विकासलाई घचघच्याएर मानव भाग्य समुदायको निर्माण गर्नुपर्छ। दुई पक्षबीच चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई सबल पार्ने संजाल, जनताको मन जोड्ने पुल र चीन तथा अफ्रिका भाग्य समुदायको निर्माण गर्ने नमूनाको रूपमा चीन र अफ्रिकाले नागरिक मञ्चलाई बनाएर नागरिक मित्रताको नयाँ अवस्थाको निर्माण गर्ने आशा उहाँले व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn