नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा स्वतन्त्रताको ६८औँ वार्षिकोत्सवमा कम्बोडियाका राजालाई बधाई सन्देश #चिनियाँराष्ट्राध्यक्ष

cri2021-11-09 18:27:59

नोभेम्बर ९ तारिखमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले कम्बोडियाको स्वतन्त्रताको ६८औं वार्षिकोत्सवको अवसरमा कम्बोडियाका राजा नरोद्दोम सिंहामोनीलाई बधाई सन्देश पठाउनुभयो।

सन्देशमा राष्ट्राध्यक्ष सीले हाल कम्बोडियाको नयाँ कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणले प्रारम्भिक सफलता हासिल गरेको र आर्थिक र सामाजिक जीवन क्रमशः सामान्य अवस्थामा फर्किएको उल्लेख गर्नुभयो।

चीन र कम्बोडिया बीचको सम्बन्धको विकासलाई ठूलो महत्व दिएको बताउँदै सीले दुई देशको परम्परागत मित्रता प्रवर्द्धन गर्न, रणनीतिक पारस्परिक विश्वासलाई प्रगाढ बनाउन, दुई देशको हितको लागि साझा भविष्य समुदाय सक्रिय रूपमा निर्माण गर्न राजा सिहामोनीसँगै प्रयास गर्न चाहेको पनि सन्देशमा औंल्याउनुभयो।

Close
Messenger Pinterest LinkedIn