नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ र लेबनानका राष्ट्रपति ओउनद्वारा दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापनाको ५०‌औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देश

cri2021-11-09 14:24:20

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर ९ तारिख लेबनानका राष्ट्रपति मिशेल ओउनलाई चीन र लेबनानबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सी चिनफिङले चीन र लेबनानबीचको सम्बन्धको विकासमा महत्व दिनुका साथै राष्ट्रपति ओउनसँग मिलेर दुई मुलुकको दौत्य सम्बन्धको स्थापनाको ५०औं वार्षिकोत्सवको सुअवसरलाई दुई पक्षीय राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पार्ने तथा व्यवहारिक सहयोगलाई सबल पार्ने आशा व्यक्त गर्नुभयो। चीनले लेबनानको महामारीविरुद्ध, अर्थतन्त्रको विकास, सर्वसाधारणको जीवनको सुधारका लागि सहयोग र समर्थन गरेको पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो।

राष्ट्रपति ओउनले चीनले लेबनानको सर्वभौमिकता, स्वतन्त्रता र भूभागको अक्षुण्णतामा दिएको समर्थन र लेबनानको न्यायिक कार्यलाई दिएको समर्थन र लेबनानलाई कोरोना भाइरस महामारीको प्रतिरोध गर्न दिएको समर्थनप्रति लेबनान कृतज्ञ रहेको बताउनुभयो। साथै उहाँले लेबनान र चीनबीचको सहकार्य अझ बढ्ने अपेक्षा पनि गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn