नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सन् २०२१ पैवाईथान अन्तर्राष्ट्रिय समुद्री ढुवानी मञ्चलाई बधाईपत्र

cri2021-11-04 11:14:22

नोभेम्बर ४ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सन् २०२१ पैवाईथान अन्तर्राष्ट्रिय समुद्री ढुवानी मञ्चलाई बधाई पत्र पठाउनुभएको छ।

पत्रमा राष्ट्राध्यक्ष सी चिनफिङले अन्तर्राष्ट्रिय व्यापारको विकासको लागि समुद्री ढुवानी उद्योग एउटा महत्वपूर्ण प्रत्याभूति र विश्वभरका मानिसहरूबीचको मैत्रीपूर्ण आदानप्रदानको लागि महत्वपूर्ण लिंक भएको औंल्याउनुभएको छ। विश्वव्यापी नयाँ कोरोनाभाइरस महामारीबीच समुद्री ढुवानी उद्योगले महामारीविरूद्ध विश्वव्यापी लडाइमा सक्रिय भूमिका खेल्दै व्यापार पुनर्स्थापनालाई प्रवर्द्धन गर्न र औद्योगिक श्रृंखला, आपूर्ति श्रृंखलाको स्थिरता कायम राखेको पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभएको छ।

साथै उहाँले अन्तर्राष्ट्रिय समुद्री ढुवानी मामिलाको सहयोगलाई प्रगाढ बनाउन र अन्तर्राष्ट्रिय समुद्री ढुवानी उद्योगको स्वस्थ विकासलाई प्रवर्द्धन गर्न विश्वका अन्य देशहरूसँग काम गर्न चीन इच्छुक रहेको पनि बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn