नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा “संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी प्रारुप सन्धि” को २६औँ विश्व नेतास्तरीय शिखर सम्मेलनलाई सम्बोधन

cri2021-11-02 10:36:59

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा “संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी प्रारुप सन्धि” को २६औँ विश्व नेतास्तरीय शिखर सम्मेलनलाई भिडियोमार्फत् सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिन फिङले वर्तमान समयमा जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू बढ्दै गइरहे तापनि विश्वव्यापी रूपमा यसको रोकथामको कार्यले पनि तीव्रता पाइरहेको बताउनुभयो। जलवायु परिवर्तनसँग कसरी लड्ने र विश्व अर्थतन्त्रको पुनरुत्थानलाई कसरी प्रवर्द्धन गर्ने भन्ने कुरा नै हाल सामना गरिरहेको विषय रहेको राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो।

सम्बोधनको क्रममा राष्ट्राध्यक्ष सीले तीनवटा सुझाव पनि प्रस्तुत गर्नुभएको छ। पहिलोः बहुपक्षीय सहमति कायम राख्ने, दोस्रोः व्यावहारिक कार्यहरूमा ध्यान केन्द्रित गर्ने, र तेस्रोः हरित रूपान्तरणलाई दु्त गति दिने रहेका छन्।

Close
Messenger Pinterest LinkedIn