नेपाली

सी चिनफिङ बीस मुलुक समूहका नेताहरूको १६औं शिखर सम्मेलनमा निरन्तर रुपमा उपस्थित

cri2021-10-31 20:19:46

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर ३१ तारिख पैचिङमा भिडियो तरीकामार्फत बीस मुलुक समूहका नेताहरूको १६औं शिखर सम्मेलनमा निरन्तर रुपमा भाग लिनुभएको छ।

सीले जलवायु परिवर्तन र ऊर्जा स्रोत समस्या हाल विश्वव्यापी चुनौती भएको बताउँदै अन्तर्राष्ट्रिय समाजको साझा हित सम्बन्धित हुनुका साथै पृथ्वीको भविष्यसित पनि सम्बन्धित रहेकोले अन्तर्राष्ट्रिय समाजले वास्तविक कारवाही गर्नुपर्ने कुरा बताउनुभयो।

सीले हालैका वर्षहरूयता जलवायु परिवर्तनको सामना गर्न अवश्यक भएको, अन्तर्राष्ट्रिय ऊर्जा स्रोत बजारको घटबढबाट हेर्दा वातावरणीय संरक्षण र आर्थिक विकासबीचको सम्बन्धमा सामाञ्जस्यता गर्नुपर्ने, जलवायु परिवर्तनको सामना र सर्वसाधारणको जीवनको प्रत्याभूतिको सामाञ्जस्यता गर्नुपर्ने र मुख्य आर्थिक समूहहरूले सहकार्य गर्नुपर्ने कुरा बताउनुभयो।

राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो, ‘संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन प्रारूप सन्धि’ तथा ‘पेरिस सन्धि’को प्रभावकारी कार्यान्वयन गर्दै राष्ट्र संघीय मुख्य स्थानलाई कायम राख्नुपर्छ। साझा तर फरक जिम्मेवारी भन्ने सिद्धान्त तथा अन्तर्राष्ट्रिय कानून आधारित प्रभावकारी कदम चालेर सहयोगको स्तरलाई उकास्नुपर्छ।’

जलवायु परिवर्तनको सामना गर्दै उर्जाको परिवर्तन गर्नु प्रविधिको प्रगतिमा भर पर्ने बताउँदै उहाँले जी-२० समूहका सदस्य मुलुकहरूले उन्नत प्रविधिको फैलावट तथा प्रयोगको प्रवर्द्धनमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। साथै सीले अगाडि भन्नुभएको छ, ‘विकसित मुलुकले व्यवहारिक रूपमा वचनलाई साकार तुल्याउँदै विकासोन्मुख मुलुकको लागि पूँजीगत समर्थन प्रदान गर्नुपर्छ।’

Close
Messenger Pinterest LinkedIn