नेपाली

नवप्रवर्तनको आत्मविश्वासलाई सुदृढ पार्ने, नवप्रवर्तन मौका छोप्ने, उच्च स्तरको वैज्ञानिक आत्मनिर्भरतालाई साकार तुल्याउनेः सीको भनाई

cri2021-10-26 20:08:58

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले अक्टोबर २६ तारिख दिउँसो चीनको “तेह्रौं पञ्च वर्षीय” योजनाको वैज्ञानिक नवप्रवर्तनको उपलब्धि प्रदर्शनीको अवलोकन गर्नुभएको छ।

सो अवसरमा उहाँले “तेह्रौं पञ्च वर्षीय” योजना अवधिमा चीनको वैज्ञानिक कार्य तीब्र रुपमा विकास भएको, नवप्रवर्तन क्षमता ठूलो मात्रामा माथि उकासिएको, ठूलो वैज्ञानिक उपलब्धि हासिल गरेको, हाल चीनले समाजवादी आधुनिकीकरण देशको निर्माण गर्ने नयाँ प्रक्रिया थालेको बताउँदै चीनका वैज्ञानिक कर्मचारीहरूले नवप्रवर्तनको आत्मविश्वासलाई सुदृढ पार्नुपर्ने, नवप्रवर्तनको मौका छोप्नुपर्ने, विकासको कठिन समस्याको समाधान गर्नुपर्ने, उच्च स्तरको वैज्ञानिक आत्मनिर्भर साकार तुल्याउन गति प्रदान गर्नुपर्ने, विश्वको वैज्ञानिक शक्तिशाली मुलुकको निर्माण गर्न र चिनियाँ राष्ट्रको विशाल पुनःजागरण साकार तुल्याउनका लागि अझै ठूलो योगदान दिनुपर्ने कुरामा जोड दिनुभयो।

Close
Messenger Pinterest LinkedIn