नेपाली

सी चिनफिङद्वारा चाइना मिडिया ग्रुपअन्तर्गत सीसीटीभीको ओलम्पिक च्यानल र डिजिटल चौतारोको प्रसारण र अनलाइन सुरू भएकोमा शुभकामना

cri2021-10-25 16:40:02

चाइना मिडिया ग्रुपअन्तर्गत सीसीटीभीको ओलम्पिक च्यानल र डिजिटल चौतारोको प्रसारण र अनलाइन सुरू भएको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले शुभकामना सन्देश पठाउनुभएको छ।

शुभकामना सन्देशमा सीले ओलम्पिक च्यानलले ओलम्पिक खेलकुद र साँस्कृतिक प्रचार-प्रसारमार्फत चीनको खेल कथाबारे जानकारी दिने, चीनको खेल भावनाको प्रचार-प्रसार गर्ने, अन्तर्राष्ट्रिय खेलको आदान-प्रदान र सहकार्यलाई बढाउने, चीन र विश्वको विभिन्न मुलुकको साँस्कृतिक आदान-प्रदानलाई अगाडि बढाउने कुरा बताउनुभयो।

सीले एक सय दिनपछि पैचिङ हिउँदकालीन ओलम्पिक खेलकुद शुरु हुने बताउँदै ओलम्पिक च्यानलले चीन र विश्वको विभिन्न मुलुकका खेलाडीहरूले प्रतियोगिताहरूको प्रक्रिया देखाउने, पैचिङ हिउँदकालीन ओलम्पिक खेलकुद र हिउँदकालीन प्याराओलम्पिक खेलकुद देखाउने आशा व्यक्त गर्नुभयो।

चाइना मिडिया ग्रुपअन्तर्गत सीसीटीभीको ओलम्पिक च्यानल र डिजिटल चौतारोको प्रसारण र अनलाइन समारोह अक्टोबर २५ तारिख दिउँसो पैचिङमा आयोजना भएको छ। उक्त समारोहमा सी चिनफिङको शुभकामना सन्देश सुनाइएको थियो। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाखको शुभकामना सन्देश पनि सो अवसरमा प्रसारण गरिएको छ।

Close
Messenger Pinterest LinkedIn