नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीनको शानतोङको निरीक्षण गर्दा पहिलो स्थानमा समुद्रमा जोडिने पीतनदी स्थलको छनौट किन?

cri2021-10-21 19:13:59

अक्टुबर २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यस वर्षको ११औँ पटकको आन्तरिक निरीक्षण भ्रमण गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशन देखियता राष्ट्राध्यक्ष सीले सधैँ नै पीतनदीमाथि उच्च ध्यान दिनुभएको छ।

दुई वर्ष अगाडिको एउटा पीतनदीसम्बन्धी गोष्ठीमा राष्ट्राध्यक्ष सीले पीतनदी डेल्टाको पर्यावरणीय संरक्षण कार्यमा स्पष्ट निर्देशन दिनुभएको थियो। उहाँका अनुसार, पीतनदी डेल्टा क्षेत्र चीनको सबैभन्दा पूर्ण सिमसार पर्यावरणीय प्रणाली भएकोले संरक्षण गरिनुपर्छ र उक्त क्षेत्रको जीव विविधतालाई उकास्नुपर्छ।

राष्ट्राध्यक्ष सीले पाँच वर्ष अगाडि चीनको छिङहाई प्रान्तको पर्यावरणीय वातावरण निगरानी केन्द्रमा निरीक्षण गर्दा भिडियोबाट पीतनदीको उद्‌गम स्थल अलिन तथा चालिन तालको अवस्था हेर्नुभएको थियो। उहाँले त्यति बेला नै पर्यावरणीय वातावरणको संरक्षण गर्न आधारभूत परिस्थितिको जानकारी लिनुपर्ने र सम्बन्धित निगरानीकालागि वेबसाइटको निर्माण गरेर राम्ररी सदुपयोग गर्नुपर्ने बताउनुभएको थियो।

Close
Messenger Pinterest LinkedIn