नेपाली

सी चिन फिङः चीनले डिजिटल अर्थतन्त्रको विकासलाई तीव पार्ने

cri2021-10-19 20:44:35

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, राजनैतिक ब्यूरोले अक्टोबर १८ तारिख दिउँसो चीनको डिजिटल अर्थतन्त्रको स्वस्थ विकासलाई अघि बढाउने सम्बन्धी ३४औं सामूहिक अध्ययन सम्मेलनको आयोजना गरेको छ। अध्ययन सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले केही वर्ष यता, इन्टरनेट, बिग-डाटा, क्लाउड कम्प्युटिङ,आर्टिफिसियल इन्टेलिजेन्स आदि प्राविधिक सिर्जना द्रूत गतिमा विकसित हुँदै गएकोले डिजिटल अर्थतन्त्रले विश्व आर्थिक बनौटको पुनः निर्माण गर्ने र विश्व प्रतिस्पर्धालाई परिवर्तन गर्ने प्रमुख शक्ति बनेको बताउनुभएको छ।

केही वर्षयता चीनको डिजिटल अर्थतन्त्र द्रूत गतिले विकसित भएर प्रशस्त उपलब्धी हासिल भएको राष्ट्राध्यक्ष सीले बताउनुभयो। साथै उहाँले विशेष गरी कोभिड-१९ महामारी फैलिए यता डिजिटल प्रविधि र डिजिटल अर्थतन्त्रले महामारीको रोकथाम र नियन्त्रण तथा पुनः उत्पादन र जनजीवन सामान्यीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn