नेपाली

नव निर्वाचित जापानी प्रधानमन्त्री फुमिओ किशीदालाई चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा बधाइ

cri2021-10-04 18:44:28

अक्टोबर ४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नव निर्वाचित जापानी प्रधानमन्त्री फुमिओ किशीदालाई बधाइ सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ, ‘सिमा जोडिएका चीन र जापान बीचको छिमेकीपना मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको विकास नै दुई देश र दुई देशका जनताको आधारभूत हितसँग अनुकूल रहेको र एशिया लगायत विश्वको शान्ति, स्थिरता तथा समृद्धिको लागि पनि हितकर छ। आपसी वार्ता तथा सम्पर्क एवं विश्वास र सहयोगको प्रवर्द्धन गर्दै नयाँ युगसँग मेल खाने पारस्परिक सम्बन्धको स्थापना गर्न दुवै पक्षले प्रयास गर्नुपर्छ।’

सोही दिन चीनका प्रधानमन्त्री ली खछ्याङले पनि फुमिओ किशीदालाई बधाइ सन्देश पठाउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn