नेपाली

राष्ट्राध्यक्ष सीको प्रतिनिधित्व गर्दै शिक्षा मन्त्रालयका अधिकारीद्वारा याङ चेन निङसँग भेट

cri2021-09-23 10:50:59

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रीय समितिको सैनिक समितिका अध्यक्ष सी चिनफिङको प्रतिनिधित्व गर्दै शिक्षा मन्त्रालयका जिम्मेवार व्यक्तिहरुले सेप्टेम्बर २२ तारिख छिङ व्हा विश्वविद्यालयअन्तर्गत चिनियाँ विज्ञान प्रतिष्ठानका शिक्षाविद् एवम प्रसिद्ध भौतिकशास्त्री याङ चेन निङसँग भेट गर्दै राष्ट्राध्यक्ष सीको तर्फबाट उहाँलाई जन्मदिवसको शुभकामना व्यक्त गरेका छन्।

सन् १९२२ सेप्टेम्बर २२ तारिख आन ह्वीको ह फै शहरमा जन्मेका याङले गत शताब्दीको ४० को दशकमा अमेरिकामा अध्ययन गर्नुका साथै शिक्षण सेवामा लाग्नुभएको थियो। सन् १९५७ मा “कमजोर अन्तरक्रियामा समानताको गैर संरक्षणको सिद्धान्त” प्रस्तुत गर्दै उहाँ र ली चङ ताउले संयुक्त रूपमा नोबेल भौतिकशास्त्रतर्फ पुरस्कार पाउनुभएको थियो। सन् २००३ देखि उहाँले स्वदेश फर्केर छिङ व्हा विश्वविद्यालयमा अध्यापन थाल्नुभएको हो।

Close
Messenger Pinterest LinkedIn