नेपाली

मध्य शरद चाडमा राष्ट्राध्यक्षको भनाइ

cri2021-09-19 16:01:57

चीनको परम्परागत चाड मध्य-शरदले पुनर्मिलन र सद्भावका लागि चिनियाँहरूमाझ सुन्दर खोज र थन्मथलो तथा मातृभूमिका लागि माया वहन गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले धेरैपटक परिवार र स्नेहबारे भन्नुभएको छ।

सन् २०१५ मध्य शरद चाडअघि राष्ट्राध्यक्ष सीले सिएटलमा अमेरिकामा बसोबास गर्ने चिनियाँहरूको स्वागत समारोहमा सहभागिता जनाउनुभएको थियो। उहाँले मातृभूमिको माया व्यक्त गर्नुका साथै चन्द्रमा रोटी अर्थात् ‘युए पिङ’ प्रदान गर्नुभयो।

मध्य शरद चाड परिवारका सदस्यहरू भेला हुने पर्व हो। सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले सर्वसाधारणको परिवारमाथि उच्च महत्व दिंदैआएको छ। हरेक परिवारको भविष्य तथा भाग्य राष्ट्रको भविष्य तथा भाग्यसँग जोडेर व्यक्तिगत सपना र परिवारको सपना देशको सपना र राष्ट्रिय सपनामा मिलाउनुपर्ने कुरा सीले बताउनुभएको छ।

सन् २०१९ वसन्त चाड मनाउँदा सीले फेरि दोहोर्याउनुभयो, ‘देशको समृद्धि तथा विकासविना परिवारको सुख छैन। साथै हजारौं परिवारको सुख विना राष्ट्रको समृद्धि तथा विकास छैन।’

Close
Messenger Pinterest LinkedIn