नेपाली

शाङहाई सहयोग संगठनका राष्ट्रनायक समितिको २१औं बैठकमा सीको सम्बोधन

cri2021-09-17 17:06:19

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १७ तारिख दिउँसो पैचिङमा भिडियोमार्फत् शाङहाई सहयोग संगठनका राष्ट्रनायक समितिको २१औं बैठकलाई सम्बोधन गर्नुभएको छ।

उहाँका अनुसार, विगत बीस वर्षयता शाङहाई सहयोग संगठनले “शाङहाई भावना”को पालना गरेर विश्व शान्ति तथा विकास र मानव प्रगतिका लागि संयुक्त रूपमा आपसी राजनीतिक विश्वासलाई बढाएको, सुरक्षा तथा स्थिरताको रक्षा गरेको, समृद्धि तथा विकासका लागि योजना बनाएको र अन्तर्राष्ट्रिय नैतिकता वहन गरी नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध र मानव भाग्य समुदायको निर्माणका लागि महत्वपूर्ण अन्वेषण गरेको छ।

आज शाङहाई सहयोग संगठन नयाँ ऐतिहासिक सुरूवातमा रहेको भन्दै सीले अझ घनिष्ट शाङहाई सहयोग संगठनको भाग्य समुदायको निर्माण गरेर दीर्घकालीन शान्ति तथा साझा समृद्धका लागि अझ बढी योगदान दिनुपर्नेमा जोड दिनुभयो।

परिपाटीमा आत्मविश्वासलाई सुदृढ पार्नुका साथै बाह्य शक्तिलाई कुनै निहुँमा क्षेत्रीय तथा राष्ट्रिय र आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिएर स्वदेशी विकास तथा प्रगति आफ्नो हातमा राख्नुपर्छ।

हालसम्म चीनले करिब १०० देश तथा अन्तर्राष्ट्रिय संगठनलाई लगभग १ अर्ब २० करोड डोज खोप तथा कच्चापदार्थ लगायत दिएर विश्वको पहिलो स्थानमा रहेको छ। चीनले यसै वर्ष विश्वलाई २ अर्ब डोज खोप दिनुका साथै विकासोन्मुख देशसँग महामारी प्रतिरोधी सहकार्यलाई गहन पारी महामारीलाई परास्त गर्न आवश्यक योगदान दिने राष्ट्राध्यक्ष सीले बताउनुभयो।

शाङहाई सहयोग संगठनका विभिन्न देशहरू विकासको केन्द्रिय चरणमा पर्दछन्। छिमेकी देशको हित मिलेको विशेष श्रेष्ठताअनुसार खुलापन तथा सहयोगको उन्मुखीकरण पालन गरी आपसी योजनालाई सहयोग गर्नुपर्छ।

आगामी ३ वर्षमा चीनले शाङहाई सहयोग संगठनका १,००० जनालाई गरिबी उन्मूलन प्रशिक्षण दिनुका साथै १० वटा ‘लु पान’ कार्यशाला निर्माण गरी "सिल्क रोडका परिवार" शीर्षकको प्रारूपमा स्वास्थ्य, गरिबी उन्मूलन, संस्कृति तथा शिक्षा लगायत ३० सहयोग परियोजना संचालन गर्नेछ।

राष्ट्राध्यक्ष सीका अनुसार, अन्तर्राष्ट्रिय मामिलाको सामनामा प्रभूत्ववाद हुनुहुँदैन। संयुक्त राष्ट्र संघीय बडापत्रको उद्देश्य तथा सिद्धान्तअनुसार साझा छलफल, निर्माण गर्नुपर्छ र बाड्नुपर्छ। साँच्चै बहुपक्षीयताको व्यवहारमा उतार्नुपर्छ। आपसी हितकर र विजयीको सहयोगी धारणा लिएर सहिष्णु र सार्वजनिक फाइदाजनक भविष्यको निर्माण गर्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn