नेपाली

अफ्गानिस्तानबारे सी चिनफिङको सम्बोधन

cri2021-09-17 18:40:29

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १७ तारिख दिउँसो पैचिङबाट भिडियोमार्फत् शाङहाई सहयोग संगठन तथा सामूहिक सुरक्षा सन्धि संगठनका सदस्य देशहरूका नेताणबीच अफ्गानिस्तान समस्याबारे संयुक्त बैठकमा सम्बोधन गर्नुभएको छ।

उहाँका अनुसार, शाङहाई सहयोग संगठन तथा सामूहिक सुरक्षा सन्धि संगठनका सदस्य देशहरू अफ्गानिस्तानका छिमेकी मुलुक हुन्। सबै भाग्य समुदाय र सुरक्षा समुदाय हुन्। केन्द्रिय समयमा साझा भूमिका खेलेर सुनभन्दा अझै बहुमूल्य शान्ति तथा स्थिरताको सुरक्षा गर्नुपर्छ।

देशको मामिला स्वदेशका जनताले निर्णय गर्नुपर्छ र अन्तर्राष्ट्रिय मामिला सबै छलफल गरी सामना गर्नुपर्छ। अफ्गानिस्तानको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अक्षुण्णताको आधारमा अफ्गानिस्तानका विभिन्न जातीय जनतालाई स्वतन्त्रापूर्वक राष्ट्रिय भाग्यको निर्धारण गर्न दिनुपर्छ।

राष्ट्राध्यक्ष सीले अफ्गानिस्तान समस्याबारे तीन विचार तथा सुझाव प्रस्तुत गर्नुभएको छ।

पहिलो, अफगानिस्तान परिस्थितिलाई छिटै र स्थिरतातर्फ लैजानुपर्छ।

दोस्रो, अफ्गानिस्तानसँग सम्पर्क र कुराकानी गर्नुपर्छ।

तेस्रो, अफ्गानिस्तानी जनतालाई समस्याको सामना गर्न सहयोग गर्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn