नेपाली

सी चिनफिङबाट अन्तर्राष्ट्रिय साथीका आफन्तलाई जवाफ चिट्ठी

cri2021-09-17 20:15:29

सेप्टेम्बर १४ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले एडगार स्नो, शाफिक जेओर्जे हाटेम आदि अन्तर्राष्ट्रिय साथीका आफन्तहरुलाई जवाफी चिट्ठी पठाएर चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनतासँग साझा प्रयास गरी चीनको क्रान्ति, निर्माण तथा सुधारकार्यमा बहुमूल्य योगदान दिएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको छ।

स्नो, शाफिक जेओर्जे हाटेम आदि अन्तर्राष्ट्रिय साथीका १६ जना आफन्तहरूले संयुक्त रूपमा राष्ट्राध्यक्ष सीलाई चिट्ठी पठाएर चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको सतवार्षिकीको हार्दिक शुभकामना प्रकट गरेका थिए। चिनियाँ जनताले जापानको अतिक्रमणविरोधी युद्ध एवम् विश्व फासिस्ट विरोधी युद्ध सफल भएको ७६औँ वार्षिकोत्सवमा उनीहरूले

शहीदहरुको सम्झना तथा कदर गरेका छन्। उनीहरूले मानव भाग्य समुदायको प्रस्तावमा नयाँ युगमा अन्तर्राष्ट्रियतावादको भावनाको उतराधिकार तथा प्रचार गरी चिनियाँ र विदेशी जनताबीचको मित्रता बढाउन र चीनको दुई शताब्दी लक्ष्य साकार तुल्याउन चीनलाई समर्थन दिने इच्छा व्यक्त गरेका छन्।

Close
Messenger Pinterest LinkedIn