नेपाली

राष्ट्राध्यक्ष सीद्वारा पल्लो शानसीको उच्च गुणस्तरीय विकासको नयाँ अध्याय खोल्न जोड

cri2021-09-16 09:58:51

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै पल्लो शानसी प्रान्तको युलिन शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। त्यस क्रममा उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको निर्णय र आदेशलाई दृढताका साथ व्यवहारमा उतार्नुका साथै नयाँ विकासको विचारधारालाई पूर्ण, निश्चित र छिटो रूपमा कार्यान्वयन गर्न आह्वान गर्नुभएको छ। गौरवशाली क्रान्तिकारी परम्पराको प्रचार प्रसार गर्नुका साथै पल्लो शानसीको उच्च गुणस्तरीय विकासको नयाँ अध्याय खोल्नकालागि पनि उहाँले जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले सेप्टेम्बर १३ देखि १४ तारिखसम्म पल्लो शानसीका उद्योग व्यवसाय, ग्रामीण क्षेत्र, माध्यमिक स्कुल र पुरानो क्रान्तिकारी स्थलको निरीक्षण भ्रमण गर्नुभएको थियो।

निरीक्षण भ्रमणको अवधिमा राष्ट्राध्यक्ष सीले स्थानीय बासिन्दाहरूको जीवनयापन, स्थानीय उत्पादन तथा कारोबार, सामान्य परिवारको आम्दानी, रोजगारी अवस्था तथा चिकित्सा प्रत्याभूति र बालबालिकाको स्कुल भर्नाको अवस्थाबारे गहन रूपमा जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn