नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मेक्सिकोको स्वतन्त्र युद्धमा विजय भएको २०० औं वार्षिकत्सवको उपलक्ष्यमा मेक्सिकोका राष्ट्रपतिलाई शुभकामना सन्देश

cri2021-09-16 15:07:08

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर १६ तारिख मेक्सिकोका राष्ट्रपति आन्ड्रेस मानुएल लोपेजलाई मेक्सिकोको स्वतन्त्र युद्ध विजयको दुई सयौँ वार्षिकत्सवको उपलक्ष्यमा शुभकामना सन्देश पठाउँदै बधाई व्यक्त गर्नुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले विकासको प्रक्रियामा रहेको मेक्सिकोका जनताले टड्कारो रूपमा उपलब्धि प्राप्त गर्दै मानव जातिको सभ्यता प्रगतिका लागि उल्लेखनीय योगदान दिएकोमा सराहना गर्नुभएको छ। देश निर्माण कार्यमा मेक्सिकोले अझ ठूलो उपलब्धि हासिल गर्ने अपेक्षा चीनले लिएको पनि उहाँले औंल्याउनुभएको छ।

मेक्सिकोसँग मिलेर दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn