नेपाली

राष्ट्राध्यक्ष सीद्वारा अन्तर्राष्ट्रिय अन्नवाली नोक्सानी न्युनीकरण सम्मेलनलाई शुभकामना सन्देश

cri2021-09-10 16:26:05

सेप्टेम्बर १० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अन्नवाली नोक्सानी न्युनीकरण सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ। उहाँले पठाउनु भएको शुभकामना सन्देशमा अन्नवाली सुरक्षा मानव जातिका बाँच्ने आधारभूत प्रवन्ध भएको उल्लेख छ। अन्नवाली नोक्सानी न्युनीकरण अन्नवालीको सुरक्षालाई प्रत्याभूति गर्ने महत्वपूर्ण माध्यम हो। वर्तमान कोभिड महामारी विश्वव्यापी फैलिँदै गएको अवस्थामा अन्नवाली सुरक्षाका सामु चुनौति देखापरेको छ। विभिन्न मुलुकले तुरुन्तै उपयुक्त कदम चालेर विश्व अन्नवाली नोक्सानीमा खास तथा व्यावहारिक न्युनीकरण‌ गर्न आवश्यक छ।

अन्तर्राष्ट्रिय अन्नवाली नोक्सानी न्युनीकरण सम्मेलन सेप्टेम्बर १० तारिख शान तुङ प्रान्तको चि नान शहरमा आयोजना भएको छ। यस पटकको मुख्य विषय “अन्नवाली नोक्सानी न्युनीकरण गर्दै विश्व अन्नवालीको सुरक्षालाई प्रवर्द्धन गर्नु”रहेको छ।

Close
Messenger Pinterest LinkedIn