नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सीद्बारा जर्मनी चान्सलरसँग फोन वार्ता

cri2021-09-10 19:59:05

सेप्टेम्बर ९ तारिख राति चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले जर्मनी चान्सलर अङ्गेला मर्केलसँग फोन वार्ता गर्नु भएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले जर्मनीसँग चीनले गत बर्षदेखि लगातार आदान-प्रदान गरेको उल्लेख गर्दै चीन-जर्मनी र चीन-यूरोप सम्बन्धको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। चीन र जर्मनबीच पारस्परिक विश्वासको उच्च स्तरको प्रतिबिम्बित देखिको उहाँले उल्लेख गर्नुभयो। राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभयो हालैका वर्षहरुमा चीन-जर्मनीबीचको सम्बन्ध सामान्य रुपमा सुचारु विकासित हुँदै बिभिन्न क्षेत्रहरुमा सहयोग बढिरहेको बताउनुभयो। महामारीको स्थितिमा बलियो शक्ति देखाएर दुई मुलुकका जनताको लागि लाभ प्राप्त भएको पनि उहाँले स्पष्ट पार्नुभयो।

मर्केलले केही वर्षदेखि जर्मनी-चीन र यूरोप-चीन सम्बन्धको विकासमा धेरै सफलता प्राप्त भएको उल्लेख गर्नुभयो।आफू चीनसँग घनिष्ठ सम्पर्क कायम राख्न र जर्मन-चीन तथा यूरोप चीन सम्बन्धलाई बढाउनका लागि मिलेर काम गर्न चाहेको बताउनुभयो। वार्ताको माध्यमबाट दुवै पक्षको मतभेदहरु हटाउने प्रयास गर्ने पनि उहाँले बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn