नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीनका सबै शिक्षकशिक्षिकालाई शिक्षक दिवसको शुभकामना

cri2021-09-09 14:32:24

३७‌औँ शिक्षक दिवसको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सेप्टेम्बर ८ तारिख चिनियाँ विश्वविद्यालयको व्हाङ तान्येन शिक्षक टोलीका प्रतिनिधिहरूलाई जवाफी चिट्ठी पठाउँदै सबै शिक्षकलाई प्रोत्साहित गर्नुका साथै चीनका सबै शिक्षकशिक्षिकालाई शिक्षक दिवसको शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले शिक्षकले विद्यार्थीहरूलाई राम्रोसँग सिकाउनुपर्ने तथा शिक्षक एउटा असल नमूना बन्नुपर्ने बताउनुभयो। उहाँले विश्वविद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई मार्गनिर्देशन गर्नसक्ने र समाजवादी आधुनिकीकरण मुलुकको निर्माण गर्नका लागि नयाँ योगदान दिनसक्ने आशा व्यक्त गर्नुभयो।

सेप्टेम्बर १० तारिख चीनमा शिक्षक दिवस मनाइन्छ।

Close
Messenger Pinterest LinkedIn