नेपाली

सी चिनफिङ चीनको नयाँ युगको महान निर्देशक रहेको विदेशी सञ्चार माध्यमको मूल्याङ्कन

cri2021-09-09 18:40:28

हालै इटली विशेष प्रेस नेटवर्कले अधोकन्युजले एक लेख सार्वजनिक गर्दै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँहरुको नेतृत्व गर्दै जनगणतन्त्र चीनको महान पुनरुत्थान नामक चीन सपनाका लागि प्रयास गरिरहेको र उहाँ चीनको नयाँ युगको महान निर्देशक हुनुभएको उल्लेख गरेको छ।

सो लेखका अनुसार हाल एकै व्यक्तिले पश्चिमी मुलुकलाई हल्लाउन सक्ने व्यक्ति चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ हुनुहुन्छ। राष्ट्राध्यक्ष सीले चीनमा विभिन्न विकास चरणमा प्राप्त गरेको शक्तिलाई राष्ट्रिय विश्वासमा संचित गर्नु भएको छ। सो लेखले जोड दिँदै लेखेको छ:चीनसँग दुई विशेष क्षमता रहेको छ। चीनसँग दीर्घकालीन विकास तथा योजना सिर्जना गर्ने क्षमता र विकास क्रममा चुनौतिको सामना गरेर झन झन बढी द्दढ हुनसक्ने क्षमता रहेको छ।

Close
Messenger Pinterest LinkedIn