नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा उत्तर कोरियाको ७३औँ राष्ट्रिय दिवसको अवसरमा उत्तर कोरियाका सर्वोच्च नेता किम जुङ ऊनलाई बधाई सन्देश

cri2021-09-09 10:48:10

सेप्टेम्बर ९ तारिख चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले उत्तर कोरियाको ७३औँ राष्ट्रिय दिवसको अवसरमा उत्तर कोरियाको श्रम पार्टीका महासचिव एवम् राज्य परिषदका अध्यक्ष किम जुङ ऊनलाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको स्थापना भएको ७३ वर्षयता उत्तर कोरियाली श्रम पार्टीले उत्तर कोरियाका जनताको नेतृत्व गरी समाजवादको कार्यमा ठूलो उपलब्धि हासिल गर्ने बाटोतर्फ अगाडि बढेको औँल्याउनुभयो।

सीले चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रताको दीर्घकालीन इतिहास रहेको बताउँदै उक्त परम्परागत मित्रता दुई पक्षको साझा मूल्यवान सम्पति भएको व्यक्त गर्नुभएको छ। साथै महासचिव किम जुङ ऊनसँग दुई मुलुकको मैत्रीपूर्ण सहयोगलाई बढाउँदै निरन्तर रुपमा नयाँ भर्‍याङ चढ्दै दुई मुलुक र दुई मुलुकका जनतालाई लाभ दिने आशा लिएको बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn