नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र इटली प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

cri2021-09-07 19:48:45

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर ७ तारिख इटलीका प्रधानमन्त्री ड्राघीसँग टेलिफोन वार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार चीन र इटलीबीचको सम्बन्धसँग गहन ऐतिहासिक आधार रहेको छ। यी दुबै मुलुकले सहयोगमा पारस्परिक हित तथा साझा फाइदा सिर्जना गरेका छन्। चीनले इटलीसँग नयाँ युगको चीन इटली चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको उचित विकास दिशा राख्दै आपसी सहयोगलाई गहन पार्ने आशा गरेको छ।

इटलीका प्रधानमन्त्री ड्राघीका अनुसार इटली र चीनबीचको सम्बन्ध राम्रो विकसित भैरहेको छ। इटलीले चीनसँगको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई जोड दिँदै चीनसँग विभिन्न क्षेत्रको सहयोगलाई मजबुत बनाउँदै इटली चीन संस्कृति तथा पर्यटन वर्षको कार्यक्रम राम्ररी गर्ने आशा छ। चीनले विश्वव्यापी जलवायुको परिवर्तनको सामनाका लागि गरेको सक्रिय प्रयास र योगदानप्रति इटलीले प्रशंसा गर्नुका साथै चीनसँग बीस मुलुक समूह आदि बहुपक्षीय प्रारुपमा सहयोगलाई बढाउने आशा गरेको छ।

Close
Messenger Pinterest LinkedIn