नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ३२औँ अन्तर्राष्ट्रिय उड्डयन विज्ञान सम्मेलनलाई शुभकामना सन्देश

cri2021-09-06 10:25:55

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ६ तारिख ३२औँ अन्तर्राष्ट्रिय उड्डयन विज्ञान सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार, उड्डयन विज्ञान तथा प्रविधि २०औँ शताब्दीयता सबैभन्दा तीव्र गतिले विकास भएको र मानव जीवनलाई सबैभन्दा प्रभावित बनाउने विज्ञान तथा प्रविधिहरूमध्येको एक हो। वर्तमान विश्वले गहन रूपमा वैज्ञानिक तथा प्राविधिक क्रान्तिसहित औद्योगिक परिवर्तन गरिरहेको छ। उड्डयन विज्ञान तथा प्रविधिका सामु अभूतपूर्व मौका देखापरेको छ। विश्वव्यापी उड्डयन विज्ञान तथा प्रविधिसम्बन्धी सहकार्य ज्यादै आवश्यक बनेको छ। यो सम्मेलनले विश्वव्यापी उड्डयन विज्ञान तथा प्रविधिसम्बन्धी सहकार्यको प्रवर्द्धनमा सक्रिय भूमिका खेलेर विभिन्न देशका जनतालाई फाइदा पुर्याउने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

अन्तर्राष्ट्रिय उड्डयन विज्ञान परिषदद्वारा आयोजित तथा चिनियाँ उड्डयन समाजद्वारा सञ्चालित यस पाँच दिनसम्म चल्ने ३२औँ अन्तर्राष्ट्रिय उड्डयन विज्ञान सम्मेलन ६ तारिखदेखि शाङहाईमा सुरू भएको छ।

Close
Messenger Pinterest LinkedIn