नेपाली

राष्ट्राध्यक्ष सीद्वारा च्याउ खेतीको नयाँ प्रविधि वैदेशिक सहायताको २०औँ वार्षिकोत्सव एवम् दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहयोग मञ्चलाई बधाई पत्र

cri2021-09-02 15:21:01

सेप्टेम्बर २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले च्याउ खेतीको नयाँ प्रविधि वैदेशिक सहायताको २०औँ वार्षिकोत्सव एवम् दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहयोग मञ्चलाई बधाई पत्र पठाउनु् भएको छ।

राष्ट्राध्यक्ष सीले खाद्य च्याउ खेतीकालागि नयाँ प्रविधि अपनाउँदै रूखको सट्टा घाँसको उपयोग गरी विकास गरिएको चिनियाँ विशेषताको प्रविधि निकै उत्तम भएको बताउनुभएको छ। अर्थव्यवस्था, समाज र वातावरण गरी तीन प्रमुख लाभको संयोजन रहेको यो विधि पर्यावरण, खाद्य, तथा ऊर्जा सुरक्षाकालागि पनि अनुकूल छ।

सी चिन फिङले भन्नुभयो, च्याउ खेतीको नयाँ प्रविधि चीनको पहिलो वैदेशिक सहायता परियोजना सन् २००१ मा पपुआ न्यू गिनीमा गरिएको थियो, हालसम्म यो प्रविधि संसारका १०० भन्दा बढी देशहरुमा प्रयोग भइरहेको छ। यो प्रविधिले स्थानीय विकास र जनताको जीवन स्तरलाई बढाउन महत्वपूर्ण भूमिका खेलेको छ र विशेषतः विकासोन्मुख देशहरुले अपनाएको छ।

च्याउ खेतीको नयाँ प्रविधि वैदेशिक सहायताको २०औँ वार्षिकोत्सव एवम् दिगो विकासकालागि अन्तर्राष्ट्रिय सहयोग मञ्च सेप्टेम्बर २ तारिख पैचिङमा आयोजना भएको छ।

Close
Messenger Pinterest LinkedIn