नेपाली

मलेशिया स्वतन्त्र भएको ६४औँ वार्षिकोत्सवको अवसरमा राष्ट्राध्यक्ष सीद्वारा मलेशियाका राष्ट्रानायकलाई बधाई सन्देश #चिनियाँराष्ट्राध्यक्ष

cri2021-08-31 14:52:23

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ३१ तारिख मलेशिया स्वतन्त्र भएको ६४औँ वार्षिकोत्सवको अवसरमा मलेशियाका शीर्ष राष्ट्रानायक सुल्तान अब्दुलाहलाई बधाई सन्देश पठाउँदै शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले मलेशिया स्वतन्त्र भएको ६४ वर्षयता मलेशियाको राष्ट्रिय निर्माणमा स्पष्ट उपलब्धि हासिल भएको र जीवन स्तर पनि उकासिँदै आएको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा मलेशियाले अझै महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। चीन र मलेशिया परम्परागत मैत्रीपूर्ण छिमेकी मुलुक भएको बताउँदै महामारीको नियन्त्रणमा दुई देशले मिलेर काम गरिरहेको तथा संयुक्त विकास गर्ने गरी क्षेत्रीय समृद्धि तथा स्थिरताका लागि सक्रिय योगदान गरेको सीले व्यक्त गर्नुभयो।

उहाँले चीन-मलेशिया सम्बन्धको विकासमा उच्च ध्यान दिनुका साथै राष्ट्रानायक सुल्तान अब्दुलाहसँग चीन-मलेशिया चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई उकासेर दुई देश तथा दुई देशका जनतालाई अरू फाइदा पुर्याउने इच्छा लिएको पनि बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn