चिनियाँ राष्ट्र संयुक्त समुदाय चेतना बढाउनेः सी चिनफिङ
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको जातीय कार्य सम्मेलन अगष्ट २७-२८ सम्म पैचिङमा आयोजित भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सो सम्मेलनमा महत्वपूर्ण सम्बोधन गर्दै जातीय कार्यको सुधारको कार्यान्वयनमा महत्व दिनुभएको छ। चिनियाँ राष्ट्र संयुक्त समुदाय चेतना बढाउँदै जातीय समस्या समाधान सम्बन्धी चिनियाँ विशेषतायुक्त बाटोमा दृढताका साथ अघि बढ्दै जाने जोड पनि सीले गर्नुभएको छ। साथै विभिन्न जाति बीचको आदानप्रदान तथा मिलनको प्रवर्द्धन गर्दै जातीय क्षेत्रमा आधुनिक निर्माणलाई गतिशील पार्ने पुष्टि पनि उहाँले गर्नुभएको छ। चीनका विभिन्न जातिहरूले समाजबादी आधुनिकिकरणको चौतर्फी निर्माणलाई साकार तुल्याउने दोस्रो सय वर्ष लक्ष्यको लागि प्रयास गर्ने प्रोत्साहन पनि सीले गर्नुभएको छ।
चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सो सम्मेलनको अध्यक्षता गर्नुभएको छ।