नेपाली

सी चिनफिङ र पोर्चुगलका राष्ट्रपतिबीच टेलिफोन वार्ता

cri2021-08-27 20:25:18

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट २७ तारिख पोर्चुगलका राष्ट्रपति मार्सेलो दे सोसासँग टेलिफोन वार्ता गर्नुभएको छ।

चीनले १०० भन्दा बढी मुलुक खास गरी विकासोन्मुख मुलुकलाई करीब ९० करोड डोज कोरोना भाइरस खोप उपलब्ध गराएको र चालु वर्ष चीनले विश्वलाई २ अर्ब डोज खोप उपलब्ध गराउने बताउँदै राष्ट्राध्यक्ष सीले पोर्चुगललाई महामारीको बिरुद्ध लड्न निरन्तर समर्थन गर्ने बताउनुभयो।

राष्ट्रपति मार्सेलोले कोरोना भाइरस महामारी बिरुद्धको अन्तर्राष्ट्रिय सहयोगलाई अगाडि बढाउनका लागि चीनले निरन्तर महत्वपूर्ण योगदान दिएकोमा कृतज्ञाता ज्ञापन व्यक्त गर्दै चीनसँग सहकार्य गर्ने आशा लिएको बताउनुभयो। उहाँले अफगानिस्तानआदि समस्याहरूमा चीनको महत्वपूर्ण प्रभाव रहेको र पोर्चुगलले चीनलाई अझै ठूलो भूमिका निर्वाह गर्न समर्थन दिने बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn