नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा छङद शहरको निरीक्षण

cri2021-08-25 15:10:04

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २४ तारिख हपै प्रान्तको छङद शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले अघिपछि गरी छङद ग्रीष्म दरबार, फुनिङ गुम्बा, छङद सङ्ग्रहालय, श्वाङ ल्वान जिल्लाको ता क्वै खौ गाउँ र काउ सिन जिल्लाको पिन ह आबास क्षेत्रको वृद्धा सेवा केन्द्र पुगी सांस्कृतिक सम्पदाको संरक्षण र उत्तराधिकार, धार्मिक कार्य, जातीय एकता, ग्रामीण क्षेत्रको पुनरूत्थान र वृद्धा सेवा आदि अवस्थाबारे जानकारी लिनुभएको छ।

सन् १७०३ मा निर्मित छङद ग्रीष्म दरबार हाल विश्वमा संरक्षित गरिएको सबैभन्दा ठूलो राजदरबार हो। त्यस दरबारको उत्तरपट्टी चीनको उत्तरी भागमा रहेको सबैभन्दा ठूलो तिब्बती बौद्ध धर्म गुम्बा अर्थात् फुनिङ गुम्बा अवस्थित छ।

राष्ट्राध्यक्ष सीले २४ तारिख श्वाङ ल्वान जिल्लाको ता क्वै खौ गाउँ र काउ सिन जिल्लाको पिन ह आबास क्षेत्रको वृद्धा सेवा केन्द्र पुगी ग्रामीण क्षेत्रको पुनरूत्थान र वृद्धा सेवा लगायतका विविध कार्यको पनि निरीक्षण तथा अवलोकन गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn