नेपाली

सी चिनफिङ र पुटिनबीच टेलिफोन वार्ता

cri2021-08-25 18:51:57

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट २५ तारिख रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सीले चीनले रुससँग खोपको अनुसन्धान र उत्पादनको सहयोगलाई सबल पार्ने, खोपको विश्वव्यापी आपूर्ति शृङ्खलाको सुरक्षा तथा स्थिरताको प्रत्याभूति गर्ने, दुई मुलुकका जनताको जीवन सुरक्षा र शारीरिक स्वास्थ्यको संरक्षण गर्ने, मानव स्वास्थ्य समुदायको सि‍र्जना गर्न चीन र रुसको योगदान दिने आशा लिएको बताउनुभयो।

साथै सीले दुई पक्षले चालु वर्ष शाङहाई सहयोग संगठनको स्थापना भएको बीसौं वार्षिकोत्सवका सुअवसरमा सदस्य मुलुकहरूसँग एकता र सहकार्य बढाउने, पारस्परिक रुपमा समर्थन दिने, क्षेत्रीय सुरक्षा र विकास हितको संरक्षण गर्ने कुरामा जोड दिनुभयो।

उहाँहरूले अफगानिस्तानी परिस्थितिबारे वैचारिक आदान-प्रदान गर्नुभयो।

पुटिनले रुस र चीनबीचको सम्बन्धको विकासप्रति रुस सन्तुष्ट भएको, रुसले एक चीनको नीति पालना गरेको, थाइवान, हङकङ, सिन्च्याङ, चीन दक्षिण सागरआदि विषयहरूमा चीनले आफ्नो केन्द्रीय हितको संरक्षण गर्ने न्याय अडानको समर्थन दिएको कुरा व्यक्त गर्नुका साथै रुसले चीनसँग विभिन्न क्षेत्रको व्यावहारिक सहयोगलाई निरन्तर रुपमा सबल पार्ने, महामारी बिरुद्धको सहकार्य गर्ने आशा लिएको बताउनुभयो।

उहाँहरूले हाल अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति जटिल भएको बताउनुका साथै दुई पक्षले विभिन्न तरिकामार्फत घनिष्ठ आदान-प्रदान गर्न स्वीकार पनि गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn