नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पाकिस्तानका प्रधानमन्त्रीसँग भेटवार्ता

cri2022-11-02 15:29:20

नोभेम्बर २ तारिख पैचिङको जन बृहत् सभा भवनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको औपचारिक भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शाहबाज शरीफसँग भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री शाहबाजले महाधिवेशन आरम्भ भएसँगै बधाई सन्देश पठाएर चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको सफलताको कामना गर्नुभएकोमा राष्ट्राध्यक्ष सीले धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँले चीनले खुला गर्ने आधारभूत राष्ट्रिय नीतिको लगातार पालना गरी पाकिस्तान समावेश अरू मुलुकलाई नयाँ सहयोगको अवसर प्रदान गर्दैजाने पनि व्यक्त गर्नुभएको छ। चीनले पाकिस्तानलाई छिमेक कूटनीतिमा प्राथमिकतामा राखेर पाकिस्तानसँग पूर्ण रणनैतिक सहयोगलाई उकासेर नयाँ युगमा अझ घनिष्ठ चीन-पाकिस्तान भाग्य एकरूपताको स्थापना गर्दै चीन-पाकिस्तान सम्बन्धमा नयाँ जीवन्त शक्ति थप्ने राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाजले चीन पाकिस्तान आर्थिक कोरिडरको निर्माणले पाकिस्तानको आर्थिक सामाजिक विकासमा गहिरो प्रभाव पारेको बताउनुभयो। साथै उहाँले पाकिस्तानले चीनसँग उच्च गुणस्तर रूपमा बेल्ट एण्ड रोडको संयुक्त निर्माण गर्ने, चीन पक्षले पाकिस्तानको नम्बर एक रेलवैको स्तरोन्नति तथा सुधार गर्ने र कराँची सहरी चक्रबद्ध रेलवै आदि महत्वपूर्ण पूर्वाधार निर्माणमा समर्थन दिने आशा रहेको व्यक्त गर्नुभएको छ।

भेटवार्तापछि राष्ट्राध्यक्ष सीले जन बृहत् सभा भवनको सुनौलो कोठामा प्रधानमन्त्री शाहबाजलाई भव्य स्वागत भोजको आयोजना गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn