नेपाली

सीद्वारा फुचौका राष्ट्रिय स्वामित्वयुक्त उद्योग-व्यवसायको सुधार

CRI2022-09-08 19:05:52

सन् १९८५ को जुन महिनामा सी चिनफिङ हपै प्रान्तीय चङ तिङ जिल्लाबाट काम गर्न फु चेन प्रान्त जानुभयो। सी चिनफिङले फु चेन प्रान्तमा साढे सत्र वर्षसम्म काम गर्नुभएको थियो। फु चेन प्रान्त चीनको बाह्य खुलापनको महत्वपूर्ण क्षेत्र हो। फु चेनमा विकासका धेरै अवसर थिए र साथै धेरै कठिनाइ पनि देखापरेका थिए। फु चेन प्रान्तमा काम गर्दा सी चिनफिङले सर्वसाधारणको जीवनको सुधार, राष्ट्रिय स्वामित्वयुक्त उद्योग-व्यवसायको सुधार, बाह्य खुलापनआदि क्षेत्रहरुमा अनेकौं नवप्रवर्तन सुधारको नेतृत्व गर्नुभएको थियो।

सन् १९९३ को जुन महिनामा राष्ट्रिय स्वामित्वयुक्त उद्योग-व्यवसायले विदेशी पूँजी भित्र्याएको र प्रणालीको सुधार गरेको समाचार फु चेन प्रान्तमा ध्यान दिइएको थियो। फु चौ बियर कारखाना १३ करोड चिनियाँ युआनको लगानीमा सिंगापुरको एक कम्पनीले लिएको थियो।

त्यस अवधिमा फु चौ बियर कारखानाले हरेक वर्षमा ७० हजार टनको बियरको उत्पादन गरेको थियो। यो कारखाना फु चे प्रान्तको सबैभन्दा ठूलो बियर कारखाना भयो। फु चौका तत्कालीन मेयर सी चिनफिङले निरीक्षण गर्नुभएपछि यो बियर कारखानामा समृद्धि देखिएको तर भित्री कठिनाइ रहेको कुरा प्रस्तुत गर्नुभएको थियो।

सन् १९९७ मा यो बियर कारखानाको उत्पादित मात्रा १० करोड चिनियाँ युआन पुगेको थियो र आधुनिक उद्योग-व्यवसाय प्रणालीको स्थापना गरियो। सी चिनफिङले अनुभवको निचोड निकाल्दै विदेशी पूंजी भित्र्याउनुमार्फत उद्योग-व्यवसायको सुधार कठिनाइबाट पास भएको बाटो भएको कुरा बताउनुभयो।

सी चिनफिङको नेतृत्वमा फु चौका महत्वपूर्ण राष्ट्रिय स्वामित्वयुक्त उद्योग-व्यवसायहरू आधुनिक उद्योग-व्यवसाय प्रणालीको प्रारम्भिक रुपमा स्थापना भएका थिए।

Close
Messenger Pinterest LinkedIn