नेपाली

सुधारको अग्रगामी नेता सी चिनफिङको कथा

cri2022-08-22 11:00:06

सन् १९८२ मा २९ वर्षीय सी चिनफिङ चीनको राजधानी पैचिङबाट ३०० किलोमिटर टाढा रहेको हपै प्रान्तको चङतिङ जिल्लामा पार्टी कमिटिको उपसचिवको पदमा रहेर काम गर्न त्यहाँ जानुभएको थियो।

चङतिङको तीन वर्षको बसाइमा सी चिनफिङले त्यहाँ व्यावहारिक र विशाल सुधार गर्नुभएको थियो। उहाँले कुखुरापालन गर्ने किसानलाई राष्ट्रिय व्यवसायको प्रमुखमा नियुक्त गर्नुभएको थियो। उहाँको प्रस्तावमा स्थापित पर्यटन गन्तव्यको एक वर्षको आम्दानी लगानीको ५ गुणाले बढेको थियो। तीन वर्षपछि, चङतिङका जनताहरू भोकमरीबाट मुक्त हुनुकासाथै कृषि उत्पादनमा वृद्धि तथा किसानको औसत आम्दानी समेत दोब्बर वृद्धि भएको थियो।

त्यसपछि, सी चिनफिङले चीनको फुच्यान प्रान्त, चच्याङ प्रान्त र शाङहाई सहरमा पनि काम गर्नुभएको थियो। फुच्यानमा साढे १७ वर्षसम्म काम तथा जनताको नेतृत्व गर्नु भएर गरिब क्षेत्रको पहाडी भूभाग र समुद्री स्रोतको सदुपयोगबाट गरिबीमुक्त गर्नुभएको थियो। यस शताब्दीको आरम्भमा चीनमा इन्टरनेटको विस्तार नभएको अवस्थामा उहाँले डिजिटल फुच्यानको कल्पनाको प्रस्तुत गर्नुभई आमनागरिकलाई घरमा बसेर डिजिटल वाणिज्य अपनाउन प्रोत्साहन गर्नुभएको थियो। चच्याङ प्रान्तमा आर्थिक वृद्धि तरिकालाई परिवर्तन गर्न‘स्वच्छ नदी र हरित पहाड सुन र चाँदीको पहाड’विचार प्रस्तुत गर्नुभएको थियो। शाङहाईमा उहाँले स्थानीय वातावरण समस्याको समाधान गरी सुधार र खुलापन नीति गहन पार्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn