नेपाली

चीनद्वारा अमेरिकासँग कुनै पनि तरिकाबाट “तिब्बत पृथकतावादी” शक्तिलाई समर्थन दिने कार्य रोक्न ताकिता

CRI2024-07-08 18:28:51

जुलाई ८ तारिख आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन च्यानले अमेरिकी विदेशमन्त्री अन्टोनी ब्लिङ्केनको तिब्बतसम्बन्धी भनाइबारे धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, चीनले अमेरिकासँग तिब्बत मामिलाको महत्व र संवेदनशीलता बुझेर कुनै पनि तरिकाबाट “तिब्बतको स्वतन्त्रता” शक्तिलाई लिएर चीनको विरोध तथा पृथक गतिविधिका लागि समर्थन गर्ने कार्यलाई तुरुन्तै रोक्न ताकिता गरेको छ।

प्राप्त जानकारीअनुसार, अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले एक वक्तव्य प्रकाशित गरेर दलाई लामाको ८९ औँ जन्म दिवसका लागि शुभकामना दिने क्रममा स्वतन्त्र रूपमा धार्मित नेताको छनौटलगायत तिब्बती भाषा, धर्म र सँस्कृति तथा परम्पराको संरक्षण गर्ने प्रयासलाई अमेरिकाले समर्थन दिने कुरा बताउनु भएको थियो।

त्यसप्रति प्रवक्ता लिन च्यानले भन्नुभयो- सबैलाई थाहा छ, १४ औँ दलाई लामा विशुद्ध धार्मिक व्यक्ति होइनन्, धार्मिक आवरणमा चीनको विरोध र पृथकतावादी रणनीतिक निर्वासन हो। चीनले अमेरिकासँग तिब्बत मामिलाको महत्व र संवेदनशीलता बुझेर चीनको केन्द्रीय हितलाई सम्मान गर्दै तिब्बत मामिलासम्बन्धी बचनबद्धताको पालना गरी कुनै पनि तरिकाबाट “तिब्बतको स्वतन्त्रता” शक्तिको चीनको विरोध तथा पृथकतावादी गतिविधिका लागि समर्थन गर्ने कार्यलाई रोक्न ताकिता गरेको छ।

तिब्बत मामिलामा चीन सरकारको अडान निरन्तर र स्पष्ट भएको उहाँले दोहोर्याउनुभयो। तिब्बत मामिला चीनको आन्तरिक मामिला हो। बाह्य शक्तिबाट हस्तक्षेप निशेध छ।

Close
Messenger Pinterest LinkedIn