नेपाली

तिब्बती मामिलामा चिनियाँ अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकी निर्णयको चीनद्वारा प्रतिवाद

CRI2023-08-31 18:40:16

हालै अमेरिकाले तिब्बतमा कथित जबरजस्ती एकरुपताको कारण देखाउँदै चिनियाँ अधिकारीलाई भिसा प्रतिबन्ध लगाएको छ। चीनले कानून बमोजिम यो घटनामा तिब्बत मामिलामाथि दीर्घकालीन हिलो छ्याप्ने र हस्तक्षेप गर्ने अमेरिकी अधिकारीमाथि उस्तै तवरले भिसा प्रतिबन्ध लगाउनेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले ३१ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

उहाँका अनुसार, अमेरिकाले वास्तविकताको वेवास्ता गरेर तिब्बतसम्बन्धी झूट फैलाउनुका साथै चिनियाँ अधिकारीलाई अवैध सजाय दिएको छ। जसले चिनियाँ आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नुका साथै चीनको लाभमाथि क्षति र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको उल्लंघन गरेको छ। चीनले त्यसको दृढताका साथ विरोध र अस्वीकार गरेको छ। चीनले अमेरिकासँग तथ्यलाई सम्मान गरेर तिब्बतसम्बन्धी झूट फैलाउने काम बन्द गर्न र तिब्बत मामिलाको प्रयोग गरी चिनियाँ आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्न पनि फेरि एकपटक ताकेता गरेको छ।

Close
Messenger Pinterest LinkedIn