नेपाली

तिब्बतको त्सोमी झेगु हावा फार्मबाट ३.६ मेगावाट क्षमताको वायु टर्बाइन सञ्चालन

CRI2023-08-03 16:05:31

पाँच हजार मिटरभन्दा माथिको उचाइमा रहेको तिब्बतको त्सोमी झेगु हावा फार्ममा ३.६ मेगावाट क्षमताका पहिलो पाँच वटा वायु टर्बाइन अगस्ट ३ तारिख सफलतापूर्वक संचालनमा ल्याइएको छ।

तिब्बत त्सोमी झेगु हावा फार्म हिमालयको उत्तरी फेदीको त्सोमी जिल्लाको झेगु गाँउबस्तिमा राखिएको हो। यो हावा फार्मको जेनेरेटरको कूल क्षमता ७२.६ मेगावाट हुने अनुमान गरिएको छ। समुद्री सतहबाट ५ हजार देखि ५ हजार २ सय मिटरमा अवस्थित यस हावा फार्म निर्माण परियोजना, विश्वमा विश्वमा पठारभूमिमा हावा ऊर्जा निर्माणको चमत्कार सिर्जना गरिएको छ। उक्त परियोजना पूरा भएर संचालनमा आएपछि वार्षिक रूपमा उत्पादन हुने विजुली प्रतिघण्टा २० करोड किलोवाट हुने छ र प्रतिवर्ष प्रयोग गरिने कोइलाको संख्या ६० हजार टन कम हुने छ।

Close
Messenger Pinterest LinkedIn