नेपाली

तिब्बती शिक्षाको विकाससम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी आयोजित

CRI2023-03-29 10:48:12

सातौँ पैचिङ अन्तर्राष्ट्रिय तिब्बत शास्त्र गोष्ठीअन्तर्गत तिब्बती शिक्षाको विकाससम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी २८ तारिख पैचिङमा आयोजना भएको छ। गोष्ठीको मुख्य विषयवस्तु “चिनियाँ तिब्बतको शिक्षाको आधुनिकीकरण तथा शैक्षिक अधिकारको संरक्षण” भन्ने रहेको छ। करिब ६० जना चिनियाँ तथा विदेशी विद्वानहरू अनलाइन तथा अफलाइनबाट उक्त गोष्ठीमा सहभागी भएका छन्।

गोष्ठीमा विद्वानहरूले तिब्बतको शिक्षाबारे आधुनिक शिक्षा प्रणालीको निर्माण, तिब्बती श्रेष्ठ परम्परागत संस्कृतिको उतराधिकार, तिब्बती चिकित्सा तथा औषधिको शिक्षा कार्यलगायतका विषयमा वैचारिक आदानप्रदान गरेका छन्।

चिनियाँ तिब्बती शास्त्र अध्ययन केन्द्रका महाप्रबन्धक चङ त्वीले समीक्षा गर्दै उक्त गोष्ठीले कम्तीमा तीन पक्षमा सहमति प्राप्त गरेको बताउनुभएको छ। पहिलो, तिब्बतको शिक्षाले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। दोस्रो, चीन सरकारले अनेकन् विशेष कदम तथा नीतिमार्फत् तिब्बतका विभिन्न जातीय सर्वसाधारणका लागि शैक्षिक अधिकारको पूर्ण संरक्षण गरेको छ। तेस्रो, तिब्बती आधुनिक शिक्षाले श्रेष्ठ परम्परागत संस्कृतिको उतराधिकार तथा सुरक्षामाथि महत्व दिएको छ।

सो गोष्ठी चिनियाँ मानव अधिकार अध्ययन संस्था, चिनियाँ तिब्बती संस्कृतिको संरक्षण तथा विकास संघ, र चिनियाँ तिब्बती शास्त्र केन्द्रद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो।

Close
Messenger Pinterest LinkedIn