नेपाली

चाइना मिडिया ग्रुपद्वारा तिब्बती संग्रहालयलाई मूल्यवान भिडियो प्रदान

CRI2022-07-08 16:10:04

जुलाई ८ तारिख तिब्बतमा नयाँ संग्रहालय खोलिएको छ। चाइना मिडिया ग्रुपले तिब्बती संग्रहालयलाई अल्ट्रा एचडी मूल्यवान भिडियो प्रदान गरेको छ।

ती भिडियोहरू चाइना मिडिया ग्रुपको समाचार केन्द्रले सन् २०२१मा तिब्बतको शान्तिपूर्ण मुक्ति भएको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रस्तुत गरेका भिडियोहरू हुन्।

ती भिडियोहरूमा तिब्बतको शान्तिपूर्ण मुक्तिको “चिन चु मा मी”नामक भिडियो, सछ्वान-तिब्बत र छिङहाई-तिब्बत राजमार्गको निर्माणसम्बन्धी “स साङ”नामक भिडियो, तिब्बतको प्रजातान्त्रिक सुधारको “कसाङमैतो”नामक भिडियो समावेश छन्।

तिब्बत संग्रहालयको सन् १९९९मा निर्माण गरियो। सन् २०१७ अक्टोबरमा तिब्बत संग्रहालयको विस्तारै निर्माण परियोजना शुरु भएको थियो। उक्त परियोजनाको कुल लगानी रकम ६६ करोड चिनियाँ युआन छ।

Close
Messenger Pinterest LinkedIn